१८ माघ २०८१

फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

५ आश्विन २०७५, शुक्रबार १९:४२ मा प्रकाशित

पेरिस, ५ असोज,,   अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिनुभयो ।
यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ ।
त्यतिबेला १५ हजारदेखि २० हजारको बीचमा मृत्यु भएको थियो । उनीहरुमध्ये अधिकांश वृद्धवृद्धा र एकल रहेका थिए ।
अहिलेको तथ्याङ्क अपेक्षाकृत नै भएको अधिकारीहरुको भनाई छ । फ्रान्समा औसत तापक्रम २३.२ डिग्री हुनेगरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter