१८ माघ २०८१

लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

५ आश्विन २०७५, शुक्रबार ००:०८ मा प्रकाशित

इस्लामावाद, ४ असोज ,,    पाकिस्तानको एउटा अदालतले लैङ्िगक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ ।

पूर्वी क्षेत्रमा रहेको पञ्जाब प्रान्तको अदालतले प्रदेशभरका सवै सरकारी अस्पतालमा लैङ्िगक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको हो ।

स्थानीय सञ्चार माध्यमहरूले बिहीबार जनाएअनुसार लाहोर उच्च अदालतले प्रान्तीय सरकारलाई त्यसको सुनिश्चतता गर्न निर्देशनात्मक आदेश दिएको छ ।

अदालतको आदेशमा लैङ्गिक अल्पसङ्ख्यकलाई सम्भव भएसम्मको सवैभन्दा राम्रो स्वास्थ्य सेवा दिन पनि भनिएको छ ।

यसअघि स्वास्थ्य विभागले लैङ्गिक अल्पसंख्यकलाई छुट्टै सेवाको व्यवस्थाका लागि विभिन्न तयारीहरू गरिरहेको जनाएको थियो ।

पुनरावेदन अदालतले पनि यसअघि लैङ्गिक अल्पसङ्ख्यकलाई सार्वजनिक अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter