काठमाडौँ, ३० भदौ ,, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ ।
‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाइमा उक्त प्रदर्शन भएको हो ।
माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन सयौँ सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुग्नुभएको थियो ।
कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू