०३ चैत २०८१

प्रस्तावित प्रधानन्यायाधीशको सोमबार संसदीय सुनुवाइ हँुदै

२४ भाद्र २०७५, आईतवार २३:३७ मा प्रकाशित

काठमाडौँ, २४ भदौ ,,   प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद्मातहतको संसदीय सुनुवाइ समितिमा उहाँविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो ।

समितिको आजको बैठकले प्रस्तावित उहाँविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उहाँको नाम अस्वीकार गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । ।

–––

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter