१० माघ २०८१

चीन र पाकिस्तानी अधिकारीबीच आर्थिक मार्गबारे छलफल

२४ भाद्र २०७५, आईतवार ११:१८ मा प्रकाशित

इस्लामावाद, पाकिस्तान, २४  भदौ, चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी)बारे छलफल भएको छ ।

चीनका विदेश मन्त्री वाङ यी र उहाँका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ । वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको हो ।

तीन दिन लामो पाकिस्तानमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पूरानो अडान दोहोराउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका सहमत भएको पाकिस्तानी समाचार संस्था जियो न्यूजले जनाएको छ ।

पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भन्नुभयो, चिनियाँ विदेशमन्त्री वाङले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताउनुभएको छ ।

चीन–पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने बिषयमा छलफल केन्द्रित भएको फैसलले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

भ्रमणका क्रममा वाङले नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनमा हुने अन्तर्राष्ट्रिय बजारबाट आयात गरिएका सामानहरूको प्रदर्शनीमा सहभागीताका लागि आमन्त्रण गर्नुभएको पाकिस्तानी पक्षले जनाएको छ ।

वाङले पाकिस्तानमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पाकिस्तानी संसदका सभामुख तथा सैनिक प्रमुखलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

पाकिस्तानमा नयाँ सरकार गठन भएपछि चिनियाँ उच्च पदस्थ अधिकारीसहितको यो पहिलो भ्रमण दल हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter