१० माघ २०८१

अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको भेट

१८ बैशाख २०७५, मंगलवार ११:०६ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।” उहाँले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताउनुभयो ।

“इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हो,” उहाँले भन्नुभयो । इजरायलका राजदूत ओमरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौरीपालन, फलफूल र तरकारी उत्पादन हाम्रा मुख्य प्राथमिकताका विषय हुन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौँ ।” ‘सिकाँै र कमाऔँ’ भन्ने नीति आफूहरुको रहेको बताउँदै राजदूत ओमरले नेपालमा व्यावसायिक तालीम केन्द्र खोल्न इच्छुक रहेको पनि बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter