१२ फागुन २०८१

आसिफ शेखको कप्तानीमा एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट

२२ भाद्र २०७५, शुक्रबार २३:२१ मा प्रकाशित

काठमाडौँ, २२ भदौ ,,   भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि आज १५ सदस्यीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद साम्सद आलम छनोटमा परेका छन् ।

यस प्रतियोगितामा राष्ट्रिय टोलीका कुनै पनि खेलाडी सहभागी छैनन् । प्रतियोगितामा आयोजक भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको यु–१९ टोली सहभागी छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनको लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

खेलकुद

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter