११ माघ २०८१

शुद्धोधन गाउपालिकाले शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई व्हिल चेयर बितरण ।

२२ भाद्र २०७५, शुक्रबार १२:०९ मा प्रकाशित

कपिलबस्तु भाद्र २१,,   कपिलबस्तुको शुद्धोधन गाउपालिकाले शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई व्हिल चेयर बितरण गरेको छ । गाउपालिकाले आफ्नो बजेटको केहि रकमबाट उनीहरुलाई ह्विल चेयर बितरण गरेको हो । ह्विल चेयर पाए संगै उनीहरुले हिडडुल गर्न सहज भएको भन्दै स्थानीय सरकारलाई धन्यबाद दिएका छन् । गाउपालिकाभित्रका ६ जना असक्त नागरिकलाई बुधबार ह्विल चेयर बितरण गरिएको थियो । गाउपालिकाले जानुका भण्डारी, राजाराम लोध, अजरुदिन डफाली, रामशिव लोहार, रामअवतार पासी र मनोज कुमार मुराउलाई ह्विल चेयर उपलब्ध गराएको छ । गाउपालिकाका सबै बर्ग समुदाय प्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जिवनलाई सहज बनाउन हरदम तयार रहेको शुद्धोधन गाउपालिकाका प्रमुख निसार अहमद खांले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter