अर्घाखाँची २१ भदौ । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय तदर्थ समिति अर्घाखाँचीको जिल्लाभेला बुधबार सन्धीखर्कमा सम्पन्न भएको छ । जिल्ला ईन्चार्ज नेत्र थापाको अध्यक्षता तथा ५ नं.प्रदेश सह–इञ्चार्ज नबिन सुनुवारको प्रमुख आतिथ्यता एंव प्रदेश अध्यक्ष अशोक कुमार यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भेलाले नेत्र थापा मगरको अध्यक्षता११ सदस्य जिल्ला समन्वय तदर्थ समिति गठन गरेको छ र जसको उपाध्यक्ष भिमबहादुर दर्लामी,सचिव जितबहादुर दरलामी,सहसचिव संजय थापा,सदस्यहरुमा नन्दबहादुर कन्दार,झविन्द्र थापा,शान्ती राना ,लक्ष्मी पल्ली,डेगबहादुर झांक्री र सरिता पल्ली रहनु भएको छ रसाथै जिल्लाका विभिन्न विभागहरु आगामी असोज मसान्त भित्र सन्धीखर्क नगरपालिका, भमिका स्थान र सितगंगा नगरपालिका लगायत मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा समिति गठन गर्ने निर्णय गरिएको फोरम ५ नम्बर प्रदेशका सचिवालय सदस्य रामु यादवले जानकारी दिए ।
बैठकमा पार्टीका प्रदेश नंं ५ सचिवालय सदस्य रामु यादव, निलम यादव लगायतले पार्टीको नीति तथा सिद्धान्त बारे प्रष्ट पारेका थिए । यस अघि पाल्पा र गुल्मीको जिल्ला समन्वय तदर्थ समिति विस्तारित बैठक सम्पन्न भइसकेको पार्टी प्रवतmा एवम युवा नेता अकरम पठानले बताएका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू