०६ माघ २०८१

विद्युत् आपूर्ति अनियमित

१७ भाद्र २०७५, आईतवार २३:४० मा प्रकाशित

काठमाडौँ, १७ भदौ,,   नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमित बनेको छ । सबस्टेसनमा रहेका दुईवटा २२ दशमलब ५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको हो ।

प्राविधिक समस्याका कारण धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु, बालाजु औद्योगिक क्षेत्र र नयाँ बजार फिडरबाट विद्युत् आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् । प्राधिकरणका बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति भइरहेको जानकारी दिनुभयो ।

उहाँले ट्रान्सफर्मरमा समस्या आउनासाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको बताउनुभयो । यथासक्य चाँडो मर्मत गरी विद्युत् सेवा सञ्चालन गर्ने प्रति नेपाल विद्युत् प्राधिकरण प्रतिबद्ध रहेको र सोहीअनुसार काम भइरहेको रेग्मीको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter