२४ माघ २०८१

यति एयरलाइन्सको विमान चिप्लियो

१६ भाद्र २०७५, शनिबार २३:०७ मा प्रकाशित

काठमाडौँ, १६ भदौ,,   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझ ८:३० बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यस्तै यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् ।

जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter