काठमाडौ, १६ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा राजधानीमा रहनुभएका राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीले शिष्टाचार भेट गर्नुभएको हो ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल, श्रीलङ्का सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकु¥याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेराको उपस्थिति थियो
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू