०६ माघ २०८१

विचौलियाका कारण किसान मारमा

१४ भाद्र २०७५, बिहीबार १५:४३ मा प्रकाशित

चितवन, १४ भदौ,,   किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ ।

विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ । मुख्य डिलरले सबडिलरलाई तथा सबडिलरले साइकल वा भ्यानमा बिक्री गर्नेलाई दिन्छ । साइकल र भ्यानमार्फत पसल–पसलमा बिक्री गरिन्छ भने पसलबाट उपभोक्ताले अण्डा खरीद गर्दै आएका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २६० तथा मध्यम अकारको अण्डा प्रतिक्रेट रु २०० मा बिक्री गरिन्छ । बजारमा प्रतिगोटा अण्डा रु १५ सम्ममा बिक्री हुन्छ । सङ्घले प्रतिगोटाको रु १२ खुद्रा मूल्य तोकेको भए पनि सामान्यतया बजारमा रु १५ भन्दा बढी मूल्यमा बिक्री गरिँदै आएको छ ।

किसानबाट मध्यम आकारको अण्डा ६ रुपैयाँ ६६ पैसामा खरीद गरी उपभोक्तासम्म पुग्दा रु १५ सम्ममा बिक्री गरिन्छ । ठूलो अण्डा ८ रुपैयाँ ६६ पैसामा खरीद गरेर रु १५ भन्दा बढीमा बिक्री गर्ने गरेको पाइएको छ । किसानको फार्मबाट अण्डा प्रतिक्रेट रु पाँच नाफा खाएर बिक्री गरिन्छ । पूर्वी चितवनको अन्नपूर्ण कुखुरा फार्मका सञ्चालक अर्जुन अर्याल विचौलियाका कारण किसान मारमा परेको बताउनुहुन्छ । उहाँले रु १६ करोडको लागतमा फार्म स्थापना गरी ८२ हजार लेयर्स कुखुरापालन गर्नुभएको छ । “जोखिम सबै किसानले व्यहोर्नु पर्छ, नाफा विचौलियाले मात्रै खाने गरेका छन्,” उहाँले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter