०९ माघ २०८१

एशिया कप क्रिकेट ,, नेपालसामु २५५ रनको लक्ष्य

१४ भाद्र २०७५, बिहीबार १२:४७ मा प्रकाशित

काठमाडौँ, १४ भदौ ,,    एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई÷दुई विकेट लिए । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । केही बेरपछि नेपाल जवाफी ब्याटिङमा उत्रदै छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter