भाद्र ३ ,, आउदो भाद्र ६ गते मुस्लिमहरुको पवित्र एवं दोस्रो ठुलो पर्व इद उल जोहाको अवसरमा हिन्दुहरुले मुस्लिमहरुलाई शुभकामना दिएका छन् । कपिलबस्तुको यशोधरा गाउपालिका वडा नं. ४, रंगपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दलित सामाजिक बिकास केन्द्र र संगम महिला समुहको संयुक्त आयोजना र युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा आयोजित कार्यक्रमका हिन्दु मुस्लिम सहभागीहरुले चाडपर्व, रितिरिवाज एवं परम्पराको सदैव संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । आफ्ना चाडपर्वमा भाइचाराको सम्बन्ध बलियो पारे भावी सन्ततीका लागी ठोस प्रमाणको आधार तय हुने समत उनीहरुले बताएका छन् ।
यशोधरा गाउपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामनारायण उपाध्यायको प्रमुख आतिथ्यता, संगम महिला समुहका अध्यक्ष सावित्री धवलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी चौकी रंगपुरका इन्चार्ज महेश कुंवर, लगायतको उपस्थिती रहेको थियो । करिब ५० जनाको सहभागिता रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक अनिल द्धिवेदीले गर्नुभएको थियो ।
यस्तै दलित सामाजिक बिकास केन्द्र अन्र्तगतको एकिकृत शान्ती निर्माण परियोजनाको आयोजना र युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा मायादेवी गाउपालिका वडा नं. ४ पिपरामा समेत इद उल जोहाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ४० जना मुस्लिम अगुवाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन परियोजना संयोजक सतिश हरिजनले गर्नुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू