०९ माघ २०८१

नेपाल समूहचरणबाटै बाहिरियो

३ भाद्र २०७५, आईतवार २३:४२ मा प्रकाशित

काठमाडौँ, ३ भदौ,   अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए । ७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पाकिस्तानले जित्यो ।

योसँगै नेपालले समूहका सबै खेल गुमायो । पहिलो खेलमा नेपाल साउन २९ गते जापानसँग १–० ले पराजित भएको थियो भने साउन ३१ गते भियतनामसँग २–० गोलले पराजित भएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter