०९ माघ २०८१

साफ यू–१५ नेपाल चौथो

२ भाद्र २०७५, शनिबार २३:२५ मा प्रकाशित

काठमाडौँ, २ भदौ , भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।

तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो ।

खेलको शुरुआती तेस्रो मिनटमै डेकी याङडनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । पहिलो हाफसम्म १–० पछि परेको नेपालका लागि चन्द्र भण्डारीले ५८आँै र ५५औँ मिनेटमा गोल गरिन् । २–१ ले अगाडि बढेको अवस्थामा नेपालले ६६औँ मिनेटमा पुनःगोल खायो । यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजै उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र भारतबीच खेल हुनेछ ।

बिहीबार भएको सेमिफाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान बङ्गलादेशसँग ५–० ले पराजित भएको थियो । नेपालले यही साउन २६ गते भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग २८ गते ३–० ले पराजित भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter