काठमाडौँ, १ भदौ , एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै देवानी संहिता तथा फौजदारी संहिताबाट पेशा व्यवसायमा लाग्ने तर्सिनु नपर्ने जानकारहरुले बताएका छन् ।
ऐन लागू भएको उपलक्ष्यमा आज यहाँ आयोजित साक्षात्कारका वक्ताले संसदले सर्वसम्मत पारित गरेको कानून लागू मात्र भएका धारणा राखेका हुन् ।
नेकपाका नेता तथा सांसद रामनारायण बिडारीले एक वर्ष अघि कानूनअनुसार संसद्ले सर्वसम्मत पारित गरेको यो कानून आजदेखि लागू मात्र भएको बताउनुभयो । उहाँले लापर्वाही गर्ने जो सुकैलाई सफाइ दिन नहुने तर पेशा व्यवसायमा लाग्ने तर्सिनु नपर्ने बताउनुभयो ।
नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले १६५ वर्ष लामो मुलुकी ऐनको प्रतिष्ठापन कानून आजदेखि लागू गरेको कानूनको स्वागत गर्दै ४० वटा दफा संशोधनको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले प्रतिस्थापित ऐनमा मुलुकी ऐनको ६० प्रतिशत दफा जस्ताको तस्तै रहेको र २० प्रतिशत दफामात्र नयाँ थपिएको जानकारी दिनुभयो । यो नयाँ कानून बेलाबेलामा संशोधन हुँदै ३०० वर्षसम्म चल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्ति श्रेष्ठले चिकित्सकलाई ज्यान मुद्दा लाग्न सक्ने खतरा भएकाले यो कानूनको विरोध गरेको बताउनुभयो । उहाँले कानूनमा संशोधन गर्ने बचन आएकाले आन्दोलन स्थगित गरेको जानकारी दिनुभयो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले सरकारले ल्याएर पत्रकारलाई भ्रष्टाचार, आर्थिक अनियमितता, सेनाले गर्ने अपराधजस्ता विषयमा खोजी पत्रकारिता गर्ने पत्रकार तथा फोटो पत्रकारलाई नियन्त्रित गर्ने मनसायले ऐन ल्याएको बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू