०५ माघ २०८१

खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितताका लागि राष्ट्रपतिबाट आग्रह

२९ श्रावण २०७५, मंगलवार २३:०७ मा प्रकाशित

काठमाडौँ, २९ साउन, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिनुभयो । “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित छौँ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्नले विश्वमा नेपालको नाम चम्ँिकदै गएको उल्लेख गर्दै खेलाडीको इमान्दारीले राष्ट्रको इज्जत र गौरव उच्च हुने हँुदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गर्नुभयो ।

सन् २०१८ अगष्टमा जिम्वावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिता (आइसिसी)मा नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त भएको थियो । सो छनोट प्रतियोगितामा एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली नेपाल फर्किसकेकोे छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter