नेपाल मुस्लिम इत्तिहाद संगठनले श्रावन २८ गते बिज्ञप्ति जारी गर्दै ईद र बक़रीद बिदालाई सार्वजनिक राष्ट्रीय बिदाको रुपमा स्थापित गर्न नेपाल कम्युनिस्ट पार्टी सकारात्मक रहेको ठहर गरेको छ ।
जारी बिज्ञप्तिमा सरकार तथा ने क प पुनः बिचार विमर्श गरी समुदायिक बिदा बाट राष्ट्रीय सार्वजनिक बिदाको रुपमा निरन्तर स्थापित गर्न प्रतिबद्ध रहेको भन्दै आभार पनि ब्यक्त गरिएको छ । गृह मंत्री रामबहादुर थाप, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत विभिन्न पदाधिकारी तथा सरोकारवालाहरू सङ्ग छलफल गरि भएको वार्ता अनुसार नै उक्त बिज्ञप्ति इत्तिहादले सर्वाजनिक गरेको इत्तिहादका अध्यक्ष सेराज फारुकिले जानकारी दिएका छन ।
नेपाल मुस्लिम इत्तिहाद संगठन तत्कालीन एमालेको भातृत्व संगठन हो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू