०६ माघ २०८१

क़तार च्यारिटी द्वारा व्हील चेयर र सिलाई मशीन बितरण

२४ श्रावण २०७५, बिहीबार २३:१४ मा प्रकाशित

आज श्रावण २४ गते क़तार च्यारिटीले खुट्टाले अपांग भएका २०जना ब्यक्तिलाई व्हील चेयर र १६ जना महिलाहरुलाई सिलाई मशीन हस्तांतरण गरेको छ ।

काठमांडौकोबुधानिलकण्ठ ८ स्थित गोलफूटार पार्टी प्यालेसमा हिल नेपालको आयोजनामा गरिएको व्हील चेयर र सिलाई मशीन बितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले क़तार च्यारिटीले गरिरहेको कामहरू समाज परिवर्तनमा अमूल्य योगदान दिरहेको बताए ।
उक्त बितरण कार्यक्रमको सराहना गर्दै मान्छे लाई आत्मिक सन्तुष्टिको लागि दिनहूँ कम्तिमा एकजना लाई सहयोग गरि खुशी प्राप्त गर्नु आजको युगमा अपरिहार्य रहेको बिचार ब्यक्त गरे। बितरण कार्यक्रमको प्रमुख अतिथि समेत रहेको अतहर मुसलमानले पिछडीएको हरेक किसिमको ब्यक्तिलाई सहयोग गर्ने भावना प्रबल रहनु मानवताको पहिचान भएको भने ।

कार्यक्रमको बिशिष्ट अतिथि रहेका समाज कल्याण परिषदका प्रतिनिधि शिव कुमार बस्नेतले क़तार च्यारिटीको कामलाई सराहनीय रहेको भन्दै अरेबियन मुलुकहरुले नेपाली समाजको उत्थान सम्वर्धन तथा सशक्तिकरण गर्न गरिरहेको योगदान अत्यन्त उप्लब्धिमुलक भएको ठहर गरे ।

त्यस्तै कार्यक्रम आयोजित संस्था हिल नेपालको सचिव ईश्वर दुलालले महिलालाई सशक्तिकरण गर्न तथा रोजगार युक्त दैनिकी बनाउन बितरण गरिएको सिलाई मशीनले सहयोग पुरयाउने ठहर गरे ।
महिलाहरुको लागि विभिन्न किसिमको सीपमुलक कार्यक्रम गर्नुको साथै स्वास्थ्य र शिक्षा सम्बन्धी हील नेपालले निरन्तर आफ्नो कार्यक्रम गर्दै आएको जानकारी गराए ।

क़तार च्यारिटीका कार्यक्रम निर्देशक इर्शाद अलि शेखले अपांगता भएका मानिसहरुलाई व्हील चेयर र गरीब महिला हरुलाई हस्तांतरण गरेको सिलाई मशीनले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए ।

मानिस शारीरिक रुपमा अपांग भए पनि मानसिक रुपमा अत्यंत सक्षम हुने गर्छन , यस्ता व्यक्तिले अवसर संसारमा अनुकरणीय कार्य गर्न सक्छन ।इर्शाद शेखले विभिन्न विद्द्वानको उदाहरण दिदै भने संसार लाई नै परिवर्तन गर्ने गुण शारिरिक अपांग भएको व्यक्ति लुकेको हुन्छ , हामीले पहिचान गरि अवसर दिन जरूरी रहेको कुरा ब्यक्त गरे ।

सिलाई मशीन सँगै आवश्यक सम्पूर्ण सामग्रीहरू सहित १० मीटर कपड़ा धागा तथा प्रति सेटमा २२ हजारको लागत खर्च भएको बताए ।
साथै सिलाई बुनाई गर्न नाजान्ने हरुको लागि तालीम समेत दिने कुराको जानकारी गराए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter