काठमांडौ हुदै मक्का मदीना हज गर्न जाने श्रद्धालुहरुको लागि बागबाज़ार स्थित कश्मीरी मस्जिदमा केयर फाउंडेशनले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविर हाजीहरुको लागि लाभदायक बन्दै गएको छ।
आज साउन १६ गते शिविरको तेस्रो दिनमा २१५ जना हजयात्रीहरुले सेवा हासिल गरेका छन ।
शिविरमा केयर फाउंडेशनको स्वास्थ बिभागका डाक्टर मोहम्मद यूनुस मंसूरी ,डाक्टर अब्दुल्लाह राइन,डाक्टर नेहाल असरफ ,डाक्टर मनरुल हक र डाक्टर जमाल असरफले बिहान नौ बजे देखि साँझ छ बजे सम्म हाजीहरुको सेवामा खटेक़ा थिए।
साउन २२ गते सम्म शिविर संचालन रहने बताउदै फाउंडेशनका कोषाध्यक्ष अनवर शाहले बताए ।
हाजिहरुले उपलब्ध सेवाको फाईदा उठाउदै खुशी व्यक्त गरेका छन ।साथै हाजीहरू लाई बिदाई गर्न आउने राजनितकर्मी ,समाजसेवी अधिकर्मीहरुले केयर फाउंडेशनको कार्यलाई सराहना समेत गरेका छन ।
आज शिविरमा फाउंडेशनका केन्द्रीय प्रतिनिधिहरू सहित केयर एडुका अजहर हुसैन फारूकी, अफजल खान,शमशाद आदिल लगायतको उपस्थिति थियो ।
इक़रा फाउंडेशनले श्रब्य दृश्य मार्फ़त हज प्रक्रियाबारे प्रशिक्षण दिने प्रत्येक वर्ष जस्तै यस वर्ष पनि
व्यवस्थापन गरेको छ ।
आर्थिक रूपले धान्न सक्ने हरुको लागि जीवनमा एकचोटी हिज्री पात्रोको जिल्हिज्जामा मक्कामा गएर काबाको परिक्रमा गर्नुको साथै , सफा मरवह नामक पहाड़मा दौड़ लगाउने ,मस्जिदे नबवी , मस्जिदे कुवा , जंगे बदर जंगे ओहद जस्ता बिश्व प्रसिद्ध ठाउँको अवलोकन गरिन्छ । जम जम पानी ,खजूर, मुसल्लह , सुरमा , तस्वीह , इमली , टोपी , रुमाल हरू ल्याउने गरिन्छ ।
फोटो फीचर
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू