०५ माघ २०८१

निर्णायक आन्दोलन हुन्छ ःवरिष्ठ नेता पौडेल

१५ श्रावण २०७५, मंगलवार २३:४७ मा प्रकाशित

तनहुँ, १५ साउन (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको रवैया यहि किसिमको रहिरहे पार्टी निर्णायक आन्दोलन गर्न पछि नहट्ने बताउनुभएको छ ।

तनहूँमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरेका हौँ नसच्चिए निर्णायक आन्दोलन गर्न तयार छौँ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली नै थियो भने सर्वोच्च अदालतमा बसेर न्यायनिसाफ गरिरहेका न्यायपरिषद्ले के हेरेर सिफारिस ग¥यो यसकारण सर्वप्रथम न्यायपरिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्छ भन्ने उहाँको भनाई थियो ।

काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले दुईतिहाई बहुमतको आडमा कम्यनिष्ट सरकारले लोकतन्त्रको स्थायीत्व, समृद्ध नेपाल र जनताको भावना विपरित काम गरेको आरोप लगाउनुभयो । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सरकार संसदलाई नै बन्धक बनाएर एकाधिकार तरिकाले चल्न थालेको आरोप लगाउनुभयो ।

पार्टी कार्यालयबाट निस्केको विशाल ¥यालीले बजार परिक्रमा गर्दै दमौलीको अनशन चौतारीमा सभामा परिणत भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter