इमरान खान/ केयर खबर
कपिलवस्तु ११ साउन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बस्ने श्रुति वर्मा ले १४ बर्षको कलिलो उमेर बाट गित संगितिक गायन क्षेत्रमा प्रबेश गरेकी छिन ।उनका केही गीत सामाजिक फेसबुक, टुइटर, युटुब, इन्सटाग्राम जस्ता सञ्जालमा पोष्ट भएपछि एकाएकनेपाल भारत लगयात अन्य देशमा भाईरल बनेको छ ।यसले उनको गायकीपनको चर्चा तारिफ बटुलेको छ ।उनी कपिलवस्तुको श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीका शिक्षक सजय कुमार बर्माको छोरी हुन । उनका गीतले अहिले लाखौको मन जितेको छ । कक्षा १० मा अध्ययनरत वर्माले अधिकांश गीत हिन्दीमा गाएकी छिन , तर स्रोताको मांग नेपाली भाषामा भएको हुँदा वहाँ नेपाली गीतहरु पनि अभ्यास गरि रहेकी छिन । चाडैं नै नेपाली गीत पनि सुन्न पाइन्छउनी बाल्यकाल देखि नै गायनमा लागेकी छिन । मिठो स्वरकी धनी बर्माले गायन क्षेत्रबाट कपिलवस्तुजिल्लाको नाम राख्न चाहेको बताइन ।
युटुयुब लिक : https://youtu.be/rU4SzLF4vrA
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू