०६ माघ २०८१

तुलसीपुरको समस्या समाधानका लागि आवश्यक पहल गर्छुः प्रम

११ श्रावण २०७५, शुक्रबार १७:०९ मा प्रकाशित

तुलसीपुर, ११ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी तुलसीपुरका विभिन्न समस्या राखेपछि उहाँले तुलसीपुरको समस्याबाट आफू परिचित रहेकाले आवश्यक पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा नगरप्रमुख पाण्डेले विमानस्थल सञ्चालन तथा स्थानीय तहमा कर्मचारी र नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन, तुलसीपुरमा वृहत् लगानीका योजना सञ्चालनका विषयमा कुरा राख्नुभएको प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिनुभयो । नगरप्रमुख पाण्डेले कानुनको अभावमा स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेकाले तत्काल कानुनी अड्चन फुकाउने तर्फ अगाडि बढ्न आग्रहसमेत गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter