२१ माघ २०८१

बिहीबार कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ

८ श्रावण २०७५, मंगलवार ००:२७ मा प्रकाशित

काठमाडौँ, ७ साउन (रासस) ः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ ।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश हुनु भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका तय भएको जानकारी दिनुभयो । जोशीविरुद्ध पाँचवटा उजुरी परेको छ ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि परेको उजुरीको छानबिन गर्ने गरी आवश्यक तयारी गरेको छ । संघीय संसद् सचिवालयले एक सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो ।

त्यसको म्याद आइतबार सकिएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter