२१ माघ २०८१

अनशनरत प्रा डा केसीलाई काठमाडौँ ल्याइयो

३ श्रावण २०७५, बिहीबार २३:४९ मा प्रकाशित

काठमाडौँ, ३ साउन ९रासस० ः जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई आज काठमाडौँ ल्याइएको छ ।

बीस दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी वार्डमा राखिएको छ ।

डा केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र झडप हुँदा एक जना प्रहरी गम्भीर घाइते हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter