आज काठमांडौको नक्साल स्थित केन्द्रीय बहिरा विद्यालय बालमन्दिरमा क़तार च्यारिटीले तीन सय पचीस बिद्यार्थीहरूलाई पढाईमा निरन्तरता दिलाउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरेको छ ।
केन्द्रीय बहिरा बिद्यालयमा
कक्षा एक देखि दश सम्म अध्ययनरत रहेका प्रत्येक बिद्यार्थीहरुलाई एक थान झोला ,छ थान कापी र दश थान कलम दिएको र नर्सरी देखि यू. के. जी. सम्मको प्रत्येक बिद्यार्थीलाई १ थान बैग सहित ४ कापी र ६ कलम प्रदान गरेको च्यारिटीका कार्यक्रम ब्यवस्थापक इर्शाद शेखले बताए ।
ग्रामीण बिकास केन्द्रको आयोजनामा भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बहिरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले आयोजक र दातृ संस्थाहरु प्रति धन्यवाद प्रकट गर्दै थप सहयोगको अपील गरे।
४ सय भन्दा बढ़ी श्रवण शक्ति बाट कमज़ोर भएको
बिद्यार्थीहरू अध्ययनरत रहेको बताउदै भिडियो मार्फ़त पढाऊनको लागि सहज हुने बताउदै कम्प्यूटर, प्रोजेक्टर जस्ता सामग्रिहरू लगायत बिद्यार्थी हरुलाई औसार पसार गर्न बसहरुको सहयोग गर्न आह्वान समेत पराजुलीले
गरे। आज साउन ३ गते
बेलुका ४ बजे भएको बितरण कार्यक्रममा ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसैन, इर्शाद शैख़, मकसूद इराकी, इंजीनियर आमिर आफताब लगायत समाजसेवीहरूको उपस्थिति थियो ।
सन २०१७ मा स्थापना भएको क़तार च्यारिटी बाढ़ी पीड़ित, भूकम्प पीड़ित, अग्नि पीड़ित हरुको सहयोग गर्नुको साथै बिद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्दै आएको छ ।
सामग्री वितरण गरेको केहि फ़ोटो :
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू