०२ माघ २०८१

भक्तपुर औद्योगिक मेलामा ३ करोडको कारोबार

२ बैशाख २०७५, आईतवार १०:४४ मा प्रकाशित

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा तीन करोडभन्दा बढीको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत २३ चैतदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेका र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
मेलामा २ सयभन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएका छन् भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्री राखिएका छन् । दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताए । मेलामा तराई क्षेत्रमा खेलिने प्रसिद्ध कुस्ती प्रतियोगिता र राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । त्यसैगरी, मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल पनि रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter