०२ माघ २०८१

मलेसियाबाट ३० नेपालीको उद्धार

२ बैशाख २०७५, आईतवार ०९:१३ मा प्रकाशित

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । मलेसियाको ‘बुकिट जलिल’ घर फिर्ती केन्द्रमा रहेका उनीहरूलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर दूतावासले बुधबार नेपाल फर्काएको हो ।समस्यामा परेकालाई लामो समयसम्म घर फिर्ती केन्द्रमा राख्दा शारीरिक तथा मानसिक समस्या हुने भएकाले छिटो उद्धारका लागि बोर्डले उपलब्ध गराएको बजेटबाट टिकट काटेर नेपाल फर्काउन थालिएको दूतावासले जनाएको छ ।

समस्यामा परेर फर्किनेमा महोत्तरीका राम विश्वास, बाँकेका तेजबहादुर सुनार, इलामका ज्ञानेन्द्रबहादुर लिम्बू, झापाकी सुष्मा शार्की विश्वकर्मा, खोटाङका देवप्रकाश राई, लमजुङका आइतसिङ गुरुङ, मोरङका जितबहादुर शाक्य र दिलबहादुर खत्री, मकवानपुरका लालबाबु लोप्चन, धादिङका गोपाल आछामी, ताप्लेजुङका प्रकाश राई, रसुवाका राम तामाङ र सप्तरिका रामदेव खाङ्, बाराका राजकुमार लामा, कुलबहादुर तामाङ रहेका छन् ।यस्तै दाङका ज्ञानबहादुर खड्का, नवलपरासीका टेकबहादुर बहरघरे, बझाङका उकिल भण्डारी, दोलखाका सरोज गुरुङ, सुनसरीका चन्दे्रश्वरकुमार चौधरी, सर्लाही शुवोधकुमार झा र सल्यानका युवराज घर्तीलाई दूतावासले नेपाल फर्काएको हो ।

महोत्तरीका सुजितकुमार भुजेल, संखुवासभाका लोककुमार मोक्तान, मकवानपुरका राजु रानामगर, सिन्धुलीका चुनबहादुर कार्की, रोल्पाका ज्ञानबहादुर घर्ती, उदयपुरका मानबहादुर परियार, ताप्लेजुङका डम्बरसिंङ खिम्दिङ र सल्यानका युवराज घर्तीलाई बुधबार नेपाल फर्काइएको दूतावासले जनाएको छ ।मलेसियामा अलपत्र परेका नेपालीहरूलाई घर फिर्ता पठाउने अभियान आगामी दिनहरूमा पनि जारी रहने दूतावासले जनाएको छ ।

sabhar: prabhav daily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter