काठमाडौं
चलचित्र ‘तिमी हुन्छौ जहाँजहाँ’को निर्माण पक्षले मेरो हर सासमा…शीर्षकको गीतको भिडियो मंगलबार राजधानीमा एक समारोहबीच रिलिज गरेको छ । अर्जुन पोखरेलको शब्द र संगीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको यो गीतमा अभिनेता मनीषसुन्दर श्रेष्ठ र अभिनेत्री मलिना जोशीले अभिनय गरेका छन् ।
यसका लेखक तथा निर्देशक विकास बस्यालले फिल्मको स्क्रिप्ट राम्रो रहेकाले दर्शकका लागि फिल्म रुचीकर हुने बताए । पत्रकार भेटघाटका क्रममा अभिनेत्री मलिनाले भनिन्, ‘मैले मनीषकै लागि यो फिल्म खेलेकी हुँ, यहाँ मनीष नहुँदा खल्लो लागिरहेको छ ।’ नयाँ चलचित्रको छायांकनका कारण कार्यक्रममा मनीष सहभागी हुन सकेनन् ।
फिल्ममा मदन दवाडी, हरिप्रसाद अधिकारी, डालचन्द्र दवाडी, प्रकाश बास्कोटा र बिना कार्कीले यो चलचित्र निर्माण गरेका हुन् । तिमी हुन्छौ, जहाँजहाँमा मलिना र मनीषसँगै वर्षा सिवाकोटी, स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना, विश्व बस्नेत, रूपा राना र सन्दीप पोखरेललगायतको अभिनय हेर्न पाइनेछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू