कपिलवस्तु १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा सोमवार पक्राउ गरको छ ।शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेको हो । पराजुलीले शिक्षक संग घुस मागे पछि उतm कुराअख्तियारमा जानकारी गराइएको थियो । सोही अनुसार अख्तियारको बुटवलस्थित क्षेत्रीय कार्यालयको टोलीले सोमबार पराजुलीलाई दुई लाख ८० हजार रुपैयाँ घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।सेवाग्राहीसँग दुई लाख ८० हजार लिँदैगर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाइएको छ ।
\
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू