१४ माघ २०८१

अधिकारवादी र नेतालाई जेल हालेको विरुद्धमा प्रदर्शन

३१ असार २०७५, आईतवार २३:५५ मा प्रकाशित

रवात, ३१ असार (रासस÷एएफपी) ः अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ ।

मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएको एएफपीले जनाएको छ । उनीहरुले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो देशमा अदालतले नै अन्याय गरेको टिप्पणी पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।

सन् २०१६ र २०१७ मा भएको अत्यन्त लोकप्रिय आन्दोलनको नेतृत्व गरेको अगुवा अल हिरक अल सावीका नेता र अधिकारकर्मीहरुलाई थुनामा राखिएको विरोधमा उनीहरुका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

मोरक्कोको अदालतले यही जुन २६ मा हिरकका सदस्य र अधिकारकर्मीसहित ५३ जनालाई जेल सजायको फैसला गरेको थियो । उनीहरुलाई एक वर्षदेखि २० वर्षसम्मको जेल सजाय तोकिएको अधिकारीहरुले जनाएका छन् ।

आन्दोलनका नेता नासिर जेफ्जाफी र अरु तीन जनालाई २०÷२० वर्ष जेल बस्नु पर्नु फैसला अदालतले गरेको हो । जेल सजाय तोकिएकालाई मुलुकको कानून उल्लंघन गरेको, सुरक्षा व्यवस्थामा खलल पु¥याएकोलगायत अभियोग लगाइएको छ ।

अदालतको सो फैसलाको विरोधमा अधिकारकर्मीले नारा जुलुशसहित मोरक्कोको संसद् अगाडि प्रदर्शन गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter