वालिङ, स्याङ्जा, ३१ असार (रासस) ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न प्रा डा गोविन्द केसीलाई आग्रह गर्नुभएको छ ।
जिल्लालाई आज पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उहाँले भन्नुभयो, “समस्याको समाधान अनशन छोडी वार्तामा आएर मात्रै सम्भव छ ।” राज्यमन्त्री अर्यालले अनशनरत प्रा डा केसीका माग उहाँले भने जस्तै कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताउनुभयो ।
“जनताको हितका विरुद्धमा सरकारले कुनै पनि निर्णय गर्न मिल्दैन र गर्दैन”, राज्यमन्त्री अर्यालले भन्नुभयो, “प्रा डा केसीले दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने माग गर्नुभएको छ, यो हुन सक्दैन ।”
राज्यमन्त्री अर्यालले सरकारले पाँच वर्षभित्र सर्वसाधारणले महसुस गर्ने गरी स्वास्थ्यमा पहुँच पु¥याएरै छाड्ने जिकिर गर्नुभयो । “आफ्नो दरबन्दी जुन स्थानमा छ त्यहीँ बसेर कर्मचारीले जनताको सेवा गर्नुपर्छ”, राज्यमन्त्री अर्यालले भन्नुभयो, “जसले सरकारले खटाएको ठाउँमा जान मान्दैनन्, त्यस्ता कर्मचारीले बिदा लिएर बाटो खाली गरिदिनुपर्छ ।”
जिल्लाका पाँच नगरपालिका र छ गाउँपालिकाका ९७ वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेपछि आज जिल्लालाई ५१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू