०२ माघ २०८१

केयरले मोहम्मद सिद्दीकीलाई फाँसी बाट जोगाउन सफल

शमशाद आदिल काठमांडौ-चैत्र २८

२८ चैत्र २०७४, बुधबार २२:२१ मा प्रकाशित

 

मायादेवी गाऊँपालिका घरभएको अब्दुस्सलाम मुस्लमानले आफ्नो छोरा अबरार हुसैनको हत्या गरेको पाकिस्तानी नागरिक मोहम्मद सिद्दीकी लाई केयर ह्युमन राइटको पहलमा माफ गरी ज्यान जोगाएका छन ।


कतारको मारबो कम्पनिमा अबरार र् सिद्दीकी सँगै कार्यरत रहेका थिए । सन २०१४ जून ३ मा
आपसी सानो झै झगड़ामा सिद्दिकिले अबरारको हत्या गरेका थिए।
केयर ह्युमन राइटका राष्ट्रीय अध्यक्ष सेराज फारूकी लाई उक्त कम्पनिका डाइरेक्टर हाजी हजरत गुल सम्पर्कमा आए पछि मिर्तक बुआ अब्दुसलामले ब्लड मनि लिएर माफी दिएका हुन ।

छोराको घटना भए देखि नै अहिले समम् अब्दुसलामले माफी दिएका थिएनन। ब्लड मनि बापत दुई करोड़ लिएर मेलमिलाप गराउन सफल भएका केयर ह्युमन राइटका अध्यक्ष तथा एमाले नेता सेराज फारूकी सँगै ५नं प्रदेशकी सांसद फौजिया नसीमले अहम भूमिका निर्वाह गरिन।

हत्यारा सिद्दीकीको फाँसी हुने अन्तिम दिनमा मात्र मिर्तक बुवा अब्दुस्सलाम माफी दिने तयार भएका सेराज फारुकिले जनाए ।।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter