२० माघ २०८१

वैदेशिक कुटनैतिक बिभाग रन्जित आले मगर

२६ असार २०७५, मंगलवार १२:४१ मा प्रकाशित

गृहमन्त्री राम बहादुर थापा बादाल द्वारा वैदेशिक रोजगारीका समस्या र वैदेशिक कुटनैतिक बिभाग गठन गरि त्यसको जिम्मेवारी रन्जित आले मगर न्युक्ती गर्नुभएको छ । वैदेशिक रोजगारीमा नेपाली मजदुरहरुको धेरै गुनासो तथा पिडितहरुको पीडा सिधा गृहमन्त्री ज्यु लाई सम्बोधन भए यता त्यस क्षेत्रमा भएको समस्या र बिकृती ,ठगीबाट हजारौ नेपाली पिडित परेका र नेपाली महिलाहरुलाइ पनि भारत देखि खाडिका विभिन्न देशमा बिक्री गरेको खबरले गृहमन्त्रीले कडा कार्बाही गर्ने उद्देश्यले बिभाग गठन गरेका हुन । गृहमन्त्रालय पुगेर खाडिमा मजदुर आवाज उठाएका मजदुर नेता बि बि खरालले गृहमन्त्री थापालाइ खाडी क्षेत्रमा नेपालीहरु दलाल र मेनपावरको मिलोमतोमा चरम चर्को रकम ठगी परेको र अलपत्र पारिएको बारे मन्त्री थापालाइ ध्यानाकर्षण संगै त्यस्ता दलाल र मेनपावर लाई कडा कार्बाही गर्न माग गरेका थिए । हजारौ नेपाली खाडी लगायत जापान ,मकाउ ,युरोप जाने चक्करमा हाल भारतको दिल्लिमा अलपत्र परेको बारे जानकारी गराए सङै गृहमन्त्री थापाले त्यस्तो समस्या समाधान सहित,मेनपावर , दलाल लाई कार्बाही गर्न र मजदुरहरुको गुनासो सुन्न वैदेशिक बिभाग गठन गर्नुभएको गृहमन्त्रालयको वैदेशिक बिभाग हेर्ने रन्जित थापाले बताए ।नेपालीलाइ अलपत्र पार्ने ठगिएका नेपालिहरु को समस्या बुझेर गृहमन्त्री लाई जानकारी गराइ आवस्यक कार्बाहिको प्रक्रियामा जाने रन्जित आलेले बताए । सुदिप लामा भेटघाटको लागि निवासमा सम्पर्कमा र अचुत राज पन्त भेटघाटको लागि मन्त्रालयमा भने रन्जित आले मगर वैदेशिक कुटनैतिक बिभागमा न्युक्ती पाएका छन ।

 #स्रोत बी बी खराल
:-सर्वाधिकार समाचार संकलनकर्तामा

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter