०३ माघ २०८१

त्रिभुवन मंगला माविमा दुईकोठे भवन निर्माण

२१ असार २०७५, बिहीबार १२:५० मा प्रकाशित

बाबियाचौर, म्याग्दी, २१ असार (रासस) ः म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरस्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ ।

गाउँपालिकाको रु दश लाख अनुदान र स्थानीयवासीको रु एक लाख ५० हजार ५२१ बराबरको श्रमदानमा पुरानो भवनमाथि टिनले छाएको दुईवटा कोठा थप गरिएको उपभोक्ता समितिका सचिव रुद्रबहादुर खड्काले बताउनुभयो ।

सोही विद्यालयमा जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुईतले चारकोठे पक्की भवन निर्माणाधीन अवस्थामा छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल डेढसय विद्यार्थी अध्ययनरत छन् । नयाँ कक्षाकोठा निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा गरिएको शिक्षकसमेत रहनुभएका उपाभोक्ता समितिका सचिव खड्काले बताउनुभयो । पुरानो भवन जीर्ण र जोखिमयुक्त बनेपछि नयाँ भवन निर्माणको काम गरिएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter