१९ माघ २०८१

नेविसंघद्वारा निषेधित क्षेत्र तोकेकामा विरोध

२० असार २०७५, बुधबार २३:२४ मा प्रकाशित

काठमाडौँ, २० असार (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा बुधवार दिउँसो माइतीघर मण्डलामा सरकारले निषेधित क्षेत्रहरु तोकेको विरोधमा प्रदर्शन भयो ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहनुभएका नेता पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोड्ने चेतावनी दिँदै विरोध गरेको हो ।

प्रहरी परिचालन हुँदाहँुदै पनि उक्त क्षेत्रमा विरोधसभा गरिएको थियो । सरकारले शान्तिसुरक्षा र अमनचैन कायम गर्ने भनेर राजधानीका माइतीघर मण्डलालगायत स्थानमा आगामी साउन १ गतेदेखि विरोधसभा गर्न नपाउने गरी बन्देज लगाउने तयारी गरेको छ ।

नेता पौडेलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै निषेधित क्षेत्रहरू तोकेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सरकारको ज्यादतीविरुद्ध काँग्रेसले देशव्यापी संघर्ष चर्काउने उहाँको भनाइ थियो ।

नेविसंघ महामन्त्री कुन्दन काफ्लेले युवा विद्यार्थीहरूको सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । प्रहरी धरपकडमा परी निरञ्जन थापा, अर्वत खड्का लगायतका विद्यार्थी घाइते भएका नेविसंघले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter