१९ माघ २०८१

दृष्टिकोण भएको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने

१८ असार २०७५, सोमबार २१:३८ मा प्रकाशित

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई सर्वसत्तावाद तथा निरंकुशतातर्फ जान नदिन काँग्रेसमा चुनौती आएको बताउनुभएको छ ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले शान्तिप्रक्रियाका अग्रज नेता गिरिजाप्रसाद कोइरालाको संस्मरणमा ‘काँग्रेसले राजनीतिक मुद्दा जित्योः निर्वाचन परिणाम हार्यो अब कसो गरे उँभो लाग्छ’ विषयको अन्तरक्रियामा सिटौलाले भन्नुभयो, “कम्युनिष्ट पार्टीको शैली र व्यवहारलाई लोकतन्त्रको ढाँचा बाहिर जान दिनु हुँदैन्, काँग्रेसले रोक्छ ।” देशभर चलिरहेको हिंसा समाप्त गरी मानिसको जीवन रक्षा गर्नका लागि नेता कोइरालाले जनयुद्ध लडिरहेको नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याएको प्रसंग उल्लेख सिटौलाले गर्नुभयो ।

काँग्रेसका नेता भीमसेनदास प्रधानले कोइरालाले काँग्रेसले दृष्टिकोण भएको तथा जनतामा भिज्न सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभयो । अर्का नेता तीर्थराम डंगोलले काँग्रेसले राजनीतिक मुद्दा जितेको बताउँदै सच्चा र इमान्दार व्यक्तिको हातमा नेतृत्व भएमा देशको विकास हुनेछ भन्नुभयो । काँग्रेसका नेता उमाकान्त चौधरी, केन्द्रीय सदस्य शिव हुमागाईं तथा प्रदीप पौडेलले काँग्रेसभित्र संस्थागत तथा दलगत निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter