ललितपुर, १८ असार (रासस) ः भूकम्प पीडितमध्ये ललितपुरमा १४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकम बुझेका छन् ।
अहिलेसम्म सरकार र गैरसरकारी संस्थाबाट कुल तीन हजार ३६३ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता वापतको रकम बुझेको भूकम्पीय घर पुनःनिर्माण परियोजना, जिल्ला कार्यान्वयन इकाइ ललितपुरले जनाएको छ ।
पहिलो किस्तावापतको रकम लिनेभन्दा भन्दा दोस्रो किस्ता लिने लाभग्राहीको संख्या न्यून छ । त्यसमा पनि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या सबैभन्दा न्यून रहेको इकाइका सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश महर्जनले बताउनुभयो ।
भूकम्प पीडितमध्ये यो वर्ष ५० प्रतिशतको घर निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएपनि त्यो भन्दा धेरै कमले मात्रै घर निर्माण सम्पन्न गरेको इकाइले जनाएको छ ।
जिल्लामा अहिलेसम्म अनुदान सम्झौता गरेकामध्ये ९८ प्रतिशतले मात्र पहिलो किस्ता र २८ प्रतिशतले दोस्रो किस्तावापतको रकम लिएका छन् ।
घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भन्दा सम्पन्न गरेर तेस्रो किस्ता लिनेको संख्या झन्डै आधा रहेको सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “घर बनाउन कामदार नपाइने र नक्सापास गर्न नगरपालिकामा समय लाग्ने हुँदा पनि धेरै लाभग्राहीले घर निर्माण शुरु गरे पनि सम्पन्न गर्न पाएका छैनन् ।”
‘पहिलो किस्ता लिएको लामो समय बित्दा पनि कतिपयले घर निर्माण शुरु गरेका छैनन्,’ सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनले भन्नुभयो, ‘ श्रीमान् विदेश भएका कारण कतिपय महिलाले घर निर्माण शुरु गर्न सकेका छैनन् भो कतिपयको जग्गा गुठीका नाममा हुँदा र कतिपयको ऐलानी जग्गा हुँदा घर निर्माण शुरु गर्न सकेका छैनन् ।’
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू