१९ माघ २०८१

काँग्रेसभित्र शुद्धीकरणको खाँचो छ , नेता सिंह

१२ असार २०७५, मंगलवार ००:१४ मा प्रकाशित

काठमाडौँ, ११ असार ,नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसभित्र राजनीतिक शुद्धीकरणको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले कसैको व्यक्तिगत आलोचना गरको होइन, पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गरेको हो, आलोचना गर्न नपाउने भनेको होइन, त्यही आलोचनाले पार्टी नेतृत्वलाई सच्चिएर आगाडि बढ्न सहयोग मिल्छ ।”

नेता सिंहले काँग्रेस श्रमिकको पार्टी भएकाले श्रमिकलाई सम्मान गर्ने बताउँदै पार्टीले श्रमिकलाई उचित संरक्षण गर्न नसकेको गुणासो गर्नुभयो ।

गिरिजाबाबु छँदा स्थापना भएको प्रतिष्ठानलाई पार्टीले सहयोग गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित अध्यक्ष पुस्कर आचार्यले पार्टीले श्रमिकलाई उचित सम्मान दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै श्रमिक आयोग निर्माणका लागि पार्टीले सरकारलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०६४ मा गिरिजाप्रसाद कोइराला हुँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले श्रमिकको हकअधिकारका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएको प्रतिष्ठानका महासचिव सूर्य नेपालले जानकारी दिनुभयो ।

गत जेठ २८ देखि ३१ सम्म काठमाडौँमा सम्पन्न नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रतिष्ठानले आज सम्मान गरेको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter