१० माघ २०८१

गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१० असार २०७५, आईतवार ११:३० मा प्रकाशित
वीरगंज 10 असार ।
नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा आज बेटी पढाई दहेज मुक्त समाज बनाई शीर्षकमा गाउपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता श्री रा.रा.चौ.मावि. झौवागुठी—३ मा सम्पन्न भएको छ ।
सो कार्यक्रममा गाउपालिकाका ४ वटा मावि र निमाविका विद्यार्थीहरुले सहभागि भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निमावि गर्दौलकी छात्रा प्रितम कुमारी यादव प्रथम, मावि बहुअर्वाभाठाका छात्र इन्द्रेणी चौहान दोश्रो, मावि झौवागुठीका छात्र प्रमोद चन्द्रवन्शी र प्रियंका दास चौथा भएका थिए ।
सो कार्यक्रममा निर्णायक मण्डलमा धर्मेन्द्र कुमार चौबे, रामलखन चौरसिया, अच्छेलाल मुखिया र प्रमोद चौहानले प्रतियोगिहरुको मुल्यांक गरि पहिलो दोश्रो तेश्रो र चौथो छुटयाएका थिए ।
सो कार्यक्रमका प्रमुख अतिथि श्री रामस्वरुप रामपृत चौरसिया माध्यमिक विद्यालयका प्राधानाध्यापक सताश चन्द्र झाले स्थानिय भाषामा पहिलो पल्ट वक्तृत्वकला प्रतियोगिता भएको र यसलाई अगामी दिनमा पनि निरन्तरता दिने आयोजक संस्थालाई आग्रह गर्नुभएको थियो भने निरन्तर स्थानिय भाषामा विभिन्न खाले कार्यक्रमको संचालन भोजपुरी भाषामा होस भन्ने कुरामा जोड दिनुभएको थियो । सो कार्यक्रममा गाउपालिकाका ४ वटै विद्यालयका छात्र छात्रा र शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
नेपाल युवा परिषद् पर्साका सचिव शेष मखदुम जहाँगस्तको सभापतित्व कार्यक्रममा सहजीकरण अजय कुमार चौरसियाले गर्नु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter