१० माघ २०८१

बालबिवाह बिरुद्ध महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजु कुमार महत

३ असार २०७५, आईतवार १३:१३ मा प्रकाशित

महोत्तरी असाढ ३  केयर खबर “मेनि नेपाल”को सहयोगमा महोत्तरिमा बालबिवाह बिरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न भएको छ।बालदिवसको अवसरमा भदौ २९ गत्ते महोत्तरीको एकडारा गाउपालिकामा बालबालिकालाई केन्द्रित गरि अभिभावक ,स्थानीय प्रतिनिधि ,युवायुवती तथा बालबालिका बिच बालबिवाह बिरुद्ध एक दिने अन्तर्कृया कार्यक्रम सफल्ताका साथ सम्पन्न गराईयो।
लालिगुरास बाल क्लब(ला.बा.क)को आयोजकत्व रहेको कार्यक्रममा एकडारा गाउपालिक सह-आयोजक तथा “महोत्तरी नेटवर्क अफ युथ,नेपाल(मेनि नेपाल)” सह्योगी संस्थाको रूपमा रहेको थियो।”बालबिवाह विरुद्ध बालबालिकालाई सचेत गराई संघर्स गर्न सिकाउनु” उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको भनी ला.बा.क. को अध्यक्ष तथा कार्यक्रमको सभापती समेत रहेका सुदिश प्रशाद चौरशिया जि ले बताउनु भयो।प्रमुख अतिथिको रुपमा एकडारा गाउपालिकका अध्यक्ष राम छबिल्ला रहेको उक्त कार्यक्रममा स्थानीय प्रतिनिधि,बालबालिका ,अभिभावक ,युवायुवती आदि लगायत ४०-५० जनाको उपस्थिती रहेको जानकारी मेनि नेपालका प्रतिनिधि राजु कुमार महतो जि ले गराउनु भयो।वक्ताको रुपमा मानव अधिकारकर्मी “सबिता झा” तथा बालअधिकारकर्मी तथा मेनि नेपालका प्रतिनिधि समेत रहेका “चुडामणि यादव” रहनु भएको थियो। ला.बा.क.को उपाध्यक्ष सोनि झा जि को अनुसार उक्त कार्यक्रमले आफ्नो लक्ष्य हद्द सम्म प्राप्त गरेको छ।सम्पुर्न कुराको जानकारी गौतम शर्मा जि ले गराउनु भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter