१३ फागुन २०८१

यमनका लागि राष्ट्रसंघका राजदूत आपतकालीन वार्ताका लागि होडैडामा

३ असार २०७५, आईतवार ००:०४ मा प्रकाशित

साना, यमन, २ असार (रासस÷एएफपी) ः यमनका लागि राष्ट्रसंघका राजदूत आपतकालीन वार्ताका लागि विद्रोही नियन्त्रित यमनी राजधानी सानामा शनिबार आइपुग्नुभएको छ ।

क्षेत्रीय गठबन्धनसँग सँघर्ष गरिरहेका विद्रोही लडाकूसँग यमनमा मानवीय सहायताका लागि होडैडाको प्रमुख बन्दरगाहमा थप लडाइँ नहोस भन्नका लागि यमनका लागि राष्ट्रसंघका राजदूत ग्रीफीत साना पुग्नुभएको हो ।

ग्रीफीतले विद्रोही नेताहरूसँग यमनमा मानवीय सहायताका लागि प्रयोग गरिँदै आएको रेड सी बन्दरगाहलाई नियन्त्रणमा नलिन र उक्त स्थानलाई राष्ट्रसंघको अनुगमन समितिको जिम्मामा छोड्न आग्रह गर्ने अनुमान गरिएको छ ।

साउदी अरब तथा संयुक्त अरब इमिरेट्सको नेतृत्वको गठबन्धनले यमनी सरकारी फौज र विद्रोहीबीच हुनसक्ने सम्भावित झडप र यसबाट हुने ठूलो क्षतिलाई रोक्न यो कदम चालिएको पनि ग्रीफीतले बताउनु भएको छ ।

यमनमा आउने करिब ७० प्रतिशत आयात होडैडा बन्दरगाहको बाटो आउने गर्छ । विद्रोही र सरकारबीच सोही बन्दरगाहलाई लक्षित गरी आक्रमण हुन थालेपछि संयुक्त राष्ट्रसंघमाथि मानवीय सहायताको बाटो नै अवरूद्ध बन्ने भय पलाएको हो ।
यमनमा विगत केही वर्ष यता हुँदै आएको द्वन्द्वका कारण यमनी जनता भोकमरीको समस्या झेल्दै आएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter