११ माघ २०८१

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

३१ जेष्ठ २०७५, बिहीबार १६:१७ मा प्रकाशित

सोल, ३१ जेठ (रासस÷सिन्ह्वा) ः दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ ।

स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यो पहिलो पटक यसरी वार्ता भएको बताइएको छ ।

यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीहरुबीच वार्ता भएको बताइएको थियो ।

पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पुग्नुभएको हो ।

त्यसैगरी उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गर्नु भएको छ । उहाँहरुबीच दुई कोरियाको बीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ ।

उक्त शिखर वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक गृहकार्य गरिने र निशस्त्रीकरणका लागि प्रक्रिया थालिने भनेर उत्तर कोरियाली नेताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter