पोखरा, २७ जेठ (रासस) ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ ।
प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक तेस्रो पटक भने मार्सल लगाएर सञ्चालन गरिएको हो ।
काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । २०७४ चैत १२ गते गठित नामाकङ्न तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेश सभामा प्रतिवेदन बुझाएको थियो ।
काँग्रेसका सभासदहरुले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि अपराह्न ४ः५५ बजे मात्रै शुरु भएको थियो । पहिलो बैठकको प्रारम्भमा नै काँग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध जनाएपछि सभामुखले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न समय दिनुभएको थियो ।
नेपालीले प्रदेशसभामा पहिले टेबुल भएका विधेयक सम्बन्धमा छलफल नगरी अन्य विषयमा छलफल शुरु गरिएकामा विरोध गर्दै प्रदेशसभामा टेबुल भइसकेको नामाङ्कनको विषय छलफलमा नल्याएसम्म सदन चल्न नदिने बताउनुभयो ।
त्यसपश्चात सभामुखले संसदको कारबाही बढाउन लागेपनि रोस्टम अघि गएका काँग्रेसका सदस्यले नारा लगाएपछि आधा घन्टाका लागि भन्दै बैठक स्थगित भएको थियो । साँझ पुनः ७ः३० बजे अर्को बैठक शुरु गरिएसँगै प्रतिपक%
तपाईंको प्रतिकृयाहरू