०२ माघ २०८१

गन्याप ताल सरक्षण गरिने

२७ जेष्ठ २०७५, आईतवार १६:२० मा प्रकाशित

डडेल्धुरा, २७ जेठ (रासस) ः समुद्री सतहबाट दुई हजार मिटर बढी उचाइमा रहेको गन्यापताललाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ ।तालक्षेत्र संरक्षण र संवद्र्र्धनका लागि अहिले गन्यापधुरा गाउँपालिका जुटिरहेको छ ।

एक टोली गन्यापताल पुगी सम्भाव्यता अध्ययन गरेको गाउँपालिकाले जनाएको छ । माहाभारत लेकको टाकुरोमा अवस्थित उक्त ताल झण्डै एक किलो मिटर भू–भागमा फैलिएको छ । ताल क्षेत्रको चारैतिर डाँडाकाँडाले घोरिएको छ ।

उक्त क्षेत्रको सरक्षण गरी पर्यटक आकर्षणको केन्द्र बनाउन विकास गरिने भएको छ । गान्यापतालकै नामबाट गाउँपालिकाको नाम पनि गन्यापधुरा राखिएको अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । सो ताल डोटीको शिखर नगरपालिका र जोरायल गाउँपालिकाको सिमानासँग जोडिएको छ ।

समुद्रिक सतहको एक हजार २०० मिटरदेखि दुई हजार ६७१ मिटरको उचाइमा रहेको सो तालमा ७७ प्रतिशत वन जंगलसँगै ठूलठूला फाँट छन् । यस पर्यटकीय क्षेत्रलाई मिनी खप्तडको रुपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।

गन्याप ताल नजिकसम्म सडक निर्माण गर्न लागिएकोे र यसका लागि रु ५० लाख विनियोजन भएको गाउँपालिकाले जनाएको छ । यसको

त्यँहा विभिन्न प्रकारका जडीबुटीसमेत पाइन्छन् । ओसिलो स्थानका ठाउँ ठाउँमा पानी जमेकाले जमिनमा टेक्दा भासिने देखिन्छ । टेक्दा थलथल हुने भएकाले भित्र पानी रहेको अनुमान बुडापाकाको छ ।

उक्त स्थानमा पाँचआंैले, गनानो, कुज्र्या, सतुवा, सेलपोडे, रातो च्याउ लगायतका जडीबुटी पाइने स्थानीयवासी हरिलाल भट्टले बताउनुभयो ।

पहिलेको तुलनामा गर्मी बढ्दै गएको तथा ताल, जंगल, जंगली जनावरको संरक्षण हुन नसक्दा कस्तुरी लगायतका अन्य मृग लोप भइसकेको अर्का स्थानीयवासी चक्रबहादुर मल्लले बताउनुभयो ।

प्रसिद्ध धार्मिक पिठका रुपमा मानिने गन्याप मन्दिरदेखि करिब पाँच किलोमिटरको दूरीमा रहेको उक्त ताल संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा भूक्षय, बाढी पहिरोले ताल फाँटमा परिणत भएको स्थानीय बुढापाका बताउछन्
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter