केयर खबर :२७ जेठ
नेपाली मुस्लिम समाज कतार र यहाँका सक्रिय् जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा दशौं ब्रिहत इफ्तार कार्यक्रम संस्थाका अध्यक्ष जनाव मो. ई अयुब हक को सभापतित्वमा गत शुक्रबार ८ जुन भब्य्ताका साथ सम्पन्न भयो । ५०० जना भन्दा बेसी रोजेदारको बाक्लो शाहभागीता रहेको यस कार्यक्रमका प्रमूख अतिथी नेपाल बाट पाल्नु भएका पुर्व उप प्रधानमन्त्री तथा ने. क. पा. इस्थायी कमिटि सद्स्य श्री टोप बहादुर रायमाझी हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा राज्दूतावास दोहा कतार प्रमूख महामहिम श्री रमेश प्रसाद कोइराला ज्यु । त्यसैगरि सेख ईद च्यारिटीबाट द्वै बिशेष अतिथी जेनेरल म्यानेजर सेख नवाफ् अल हम्मादी र हेड अफ पब्लिक रिलेशन सेख युसुफ जासिम उपस्तिथि हुनुहुन्थ्यो । बिशेष अतिथिमा NRNA-NCC प्रतिनिधि, इन्जिनियर एसोसिय्शन का अध्यक्ष, बैचारिक संस्था प्रमूख, पत्रकार र बिभिन्न संघ संस्था प्रमूखको उपस्थिती थियो । आफ्नो मन्तब्य को क्रममा माननिय श्री टोपबहादुर रायमाझी ज्युले यस्तो कार्यक्रमहरूलाई अझै बढापा दिदै जानुपर्छ र यस्ले अन्तर समुदायलाई जोड्ने काम गर्छ । त्यसैगरि महामहिम श्री रमेश प्रसाद कोइराला ज्युले रम्जानको शुभकामना दिदै अर्को बर्ष सम्म नेपाली समुदायको आफ्नै समुदायिक भवन् हुनेछ र आउन्दो इफ्तार कार्यक्रम हामीले त्यही गर्नेछौ भन्ने जानकारी दिनु भयो । इफ्तार कार्यक्रम गराउनका निम्ती हल मुहाइया गराएका सेख ईद च्यारिटी प्रमूख सेख नवाफ् अल हम्मादी ज्यु ले नेपाली मुस्लिम समुदाय अतयन्त मेहन्ती इमान्दर र वफादर छन यिनिहरूको दोहामा ठुलो योग्दान छ भन्दै शुभकामना दिनु भयो । कार्यक्रमका सभापतित्व गरी राख्नु भएका सभापति मो. ई. अयुब हक ज्युले आज यस् दशौं इफ्तार कार्यक्रम उपस्थित अथिथिहरूलाई धन्यवाद भन्दै नेपाली मुस्लिम समाज २००९ देखी स्थापित छ र यस संस्थाले निरन्तर जन कल्यान कार्यहरू गर्दै आयिरहेको छ । आगामी दिन्हरूमा पनि यस्ले यसरी नै नेपाली समाज र मुस्लिम समुदायको निम्ती संघर्श गर्दै जानेछ । यसरी नै तपाईंहरूको साथ् र दुवा सदैव रहेनछ भन्ने आशा छ भन्दै कार्यक्रम समापन भएको घोस्णा गर्नु भयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू