११ माघ २०८१

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

२६ जेष्ठ २०७५, शनिबार १३:३५ मा प्रकाशित

दार्चुला, २६ जेठ (रासस) ः दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो ।

ञछात्रा बेहोस हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५–२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधा एक घण्टापछि मात्रै होसमा आउने गरेको जनाइएको छ ।

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हाम फाल्न खोज्नेलगायतका क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताउनुभयो । यता डाक्टरले उक्त रोगलाई मास हिष्टेरिया बताएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter