११ माघ २०८१

रुसी राष्ट्रपति पुटिन चीनमा, राष्ट्रपति सिसँग भेटवार्ता हुने

२५ जेष्ठ २०७५, शुक्रबार १७:३३ मा प्रकाशित

बेइजिङ, २५ जेठ (रासस÷एएफपी) ः चिनियाँ राष्ट्रपति सि चिनफिङ र उहाँका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।

शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पग्नुभएको हो । दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिका चुनौतिको विषयमा वार्ता हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि सो भेटवार्तामा हुने भनिएका कुराकानीका बारेमा भने केही बाहिर आएको छैन । केही समाचारहरुमा भने आगामी मङ्गलबार सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको शिखर वार्ताको विषयमा सो बैठकमा कुराकानी हुने बताइएको छ ।

चौथो कार्यकालको लागि गत मार्चमा निर्वाचित पुटिन ‘ग्रेट हल अफ द पिपुल्स इन बेइजिङ्’ पुगी राष्ट्रपति सिसँग वार्ता गर्नु हुने बताइएको छ ।

पुटिनलाई राष्ट्रपति हुन पाउने कार्यअवधि भन्दा पनि बढी समयसम्म राष्ट्रपति हुन पाउने प्रावधानबमोजिमको कानुन बनाएर सो पदमा पुग्न सफल नेताको रुपमा हेरिन्छ ।

उहाँको स्वागत कार्यक्रममा दुबै राष्ट्रप्रमुखले चिनियाँ सेनाको विशेष सलामी ग्रहण गर्नुभएको थियो । साथै उहाँहरुलाई स–साना बालबालिकाले दुवै देशका झण्डा फहराएर स्वागत गरेका थिए ।

दशकौँदेखि शक्तिमा रहन सफल यी दुई नेताबीच सम्बन्ध थप बलियो भएको छ । यी दुई देश आर्थिक रुपमा पनि सम्पन्न हुदै गएपछि अमेरिकामाथि पनि आर्थिक प्रतिद्वन्द्वीको रुपमा चुनौति थपिएको छ ।

सि र पुटिन आफ्नो देशलाई अझै सफल र बलियो बनाउन सँगसँगै हिडेका साथीको रुपमा रहेका ‘कार्नेगी मस्को सेन्टर’ का वरिष्ठ अधिकारीले बताउनु भएको छ ।

रुसी राष्ट्रपति पुटिनले एक असल मित्रको भूमिका निभाउनु भएको चिनियाँ राष्ट्रपति सिले हालै दिनुभएको एक अन्तरवार्तामा बताउनु भएको छ ।

पछिल्लो समयमा अमेरिकासँग रुसको सम्बन्धमा दरार उत्पन्न भएको छ । अमेरिकाको यस सम्बन्धका कारण पनि यी दुई देश आपसमा झनै नजिकिन पुगेका पनि समाचारहरुमा जनाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter